विश्व हिन्दु युवा संघद्वारा पशुपति क्षेत्रमा वृक्षरोपण

समाचार
0 Shares

विश्व हिन्दु युवा संघले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार पशुपति क्षेत्र भित्र रहेको मृगस्थलीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा विभिन्न प्रजातिका ५०० बोट वृक्षारोपण गरेको छ।

उक्त वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेसका बिश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी,बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाह, कांग्रेस नेता बिष्णु धिताल लगायतले आफ्नो धारणा राखेका थिए।

 कार्यक्रमका प्रमुख अतिथि एवं कांग्रेस नेता एनपी साउदले धर्म भनेको नैतिकताको कडि भएको र यदि संसारमा धर्म नभएको भए नैतिकता नै नरहने बताएका थिए। उनले भने-  ‘धर्मले नै जीवनलाई शान्ति, सुख र सदाचारको बाटो डोर्‍याएको छ।’

यस्तै बिश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारीले यदि नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न ढिलो गरयौ भने भोलि नेपालको आफ्नो अस्तित्व र संस्कृतिनै समाप्त हुने भन्दै तत्काल नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न सरकारलाई  सुझाए।

उक्त कार्यक्रममा विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले हिन्दु धर्म भित्र रहेको अर्थनीतिले देश विकासमा कायापलट गर्न सकिने र त्यसका लागि युवाहरू आफ्नो विदेश मोह त्याग्न आग्रह गरे। अध्यक्ष शाहले नेपाललाई मजदुर उत्पादन गर्ने देशका रूपमा नचिनाएर वैदिक ज्ञानको भण्डारको रुपमा चिनाउन लाग्नु पर्नेमा जोड दिए।

उनले नेपाल पुर्वीय दर्शनको उदगम स्थल भएको र यहाँको ज्ञान लिएर थुप्रै मुलक समृद्ध भएको भन्दै पुर्वीय दर्शनलाई समयमै नेपालले चिन्न नसकेका कारण देश आर्थिक रुपमा विपन्न भएको बताए।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap