लुकाएर राखु भन्दा हराउछ की भन्ने डर छ,
निर्दयी छ तिम्रो मुस्कान बांँच्ने मर्ने त्यसकै भर छ।
कति मिठा,कति सुन्दर भावहरु पोख्छौ तिमी?
त्यै भावमा अल्झियर जेलिन्छु की भन्ने डर छ।
पवन जस्तै छोइएर कता-कता घुम्छौ तिमी,
पतिङ्गरझै तिमी सङ्गै कावा खांँदै उड्ने मन छ।
भन्नेहरु भन्ने गर्छन तिम्रो दृष्टि अपराधी हो,
मुटुभित्र थुनी त्यसलाई कैद गर्ने उल्लास छ।
छहराझैंँ निस्कलङ्क,गुलाफझैंँ हांँस्छौ तिमी,
त्यै हांँसोको तकियामा सपना देख्दै सुत्ने मन छ।
– यादव उपाध्याय