दाङ, कात्तिक ४ विश्व हिन्दु युवा संंघ,नेपालका केन्द्रीय अध्यक्ष ऋषिकेश जंग शाहले २५ लाख गोरक्ष सेवक बनाउने घोषणा गरेका छन। विश्व हिन्दु युुुवा संंघ, दाङले आयोजना गरेको विजया दशमी, शुुुभ दिपावली तथा छठ पर्वको अवसरमा दाङको श्रीगाँउमा भएको कार्यक्रममा २५ लाख गोरक्ष सेवक बनाउने घोषणा गरेका हुन।
अध्यक्ष शाहले बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा उहाँलाई सल्लाह सुझाव प्रदान गर्ने गुरु भगबन्त नाथको जन्मस्थल सल्यान सल्यानको रानागाँउ भएको बताएका थिए। उनै भगबन्त नाथको समाधी स्थल दाङको श्रीगांँउलाई धार्मिक नगर बनाउन लाग्ने बताए। जसबाट संसारभरका लागि पर्यटन गन्तव्य बनाएर आफ्नो धार्मिक सम्पत्तिको संरक्षण गर्ने बताएका छ्न।
त्यस्तै अध्यक्ष शाहले डडेल्धुराको पर्शुराम धामबाट नेपाललाई हिन्दु रास्ट्र बनाउनका लागि लाग्ने घोषणा गरेको पनि बताए। त्यसका लागि नेपाली कांग्रेस पार्टी कार्यालयमा ॐ लेखेका झन्डा लिएर धर्ना दिएको दिन नेपाली कांग्रेसले इन्कार गर्न नसक्नेमा आफू विश्वस्त रहेको बताए।
अध्यक्ष शाहले हामी को हौं ? भनेर नेपाल आमाका सन्तानले आफैले आफैलाई चिन्न जरुरी भएको बताएका छन। सम्पूर्ण जीवजन्तुको टाउको भए जस्तै पृथ्वीको पनि टाउको भएको बताए। पृथ्वीको उक्त टाउको कैलाश पर्वत भएकाले संसारलाई हिन्दु धर्मको पावन भूमि नेपालले सत्मार्गमा डोर्याउने बताएका छन। नेपालको शिक्षा नीतिमा हाम्रो माटो सुहाउँदो शिक्षा समेटन जरुरी रहेको बताए। त्यसका लागि कक्षा १२ सम्मको शिक्षामा अनिवार्य पूर्वीय दर्शन राख्नु पर्ने बताए।
कार्यक्रममा पूर्वीय दर्शनका ज्ञाता डाक्टर भोलानाथ योगीले यो संसार ईश्वरले सृजना गरेको बताए। संस्कारबार, शक्तिबार, समृद्धिबार र श्रृङगारबार गरी चारवटा बारबाट नै चाडबाड बनेको बताए।
कार्यक्रमका अर्का वक्ता विश्व हिन्दु संघका अन्तरास्ट्रिय अभियन्ता विद्वान डाक्टर चिन्तामणि योगीले नेपालको स्वर्णिम इतिहासलाई जगेर्ना गर्न जरुरी रहेको बताए। जहाँ भगबन्त नाथ, सिद्ध रत्न नाथ, दंगीशरण राजा थिए त्यहाँ हाम्रो इतिहास भएको बताए। पूर्वीय दर्शन विश्वभर खोज र अध्ययनको बिषय भएको बताए। संसारभरका मानिसलाई प्रशिक्षित गर्ने योग्यता पनि पूर्वीय दर्शनको जन्मभुमि नेपालसित रहेको बताए।
छत्रेश्वरी गाउँपालिका, सल्यानका अध्यक्ष सन्तोष केसीले धर्म भनेको अनुशासन भएको बताए। अनुशासनले नै सत्कर्म, सत्मार्ग प्राप्त हुनेमा आफू विश्वस्त रहेको धारणा राखे।
विश्व हिन्दु युवासंघ, दाङका अध्यक्ष दिनेशजंग शाहको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा तरुण दल, दाङका अध्यक्ष टिका घर्ती, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य युवराज रेग्मी, नेपाली कांग्रेस, सल्यानका नेता कालीप्रसाद भण्डारी, नाथ सम्प्रदायका अग्रज धर्मनाथ योगी, नेपाली कांग्रेस दाङकी नेतृ टिका डाँगी, विशाल शाह, मीना केसी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सन्चालन विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य शरद गौतमले गरेका थिए।