१९ नम्बर बाहिनी तुलसीपुरमा २९ जनामा कोरोना

प्रदेश नं. ५ समाचार स्वास्थ्य
0 Shares

दाङ तुलसीपुरमा रहेको १९ नम्बर बाहिनीमा २९ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ । नेपालगन्जको  भेरी अस्पताल गरिएको स्वाब परिक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना देखिएको छ ।

छिमेकी जिल्ला प्युठानमा कार्यरत एक जवान साउन १४ गते ट्रेनिङका लागि नेपालगञ्ज जाँदै गरेको समयमा स्वास्थ्य समस्या देखिएपछि साउन १६ गते स्वाब संकलन गरि परिक्षण गर्दा संक्रमण देखिएको थियो ।

ती जवानमा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका १९नम्बर बाहिनी तुलसीपुरका ३१ जनाको साउन २३ गते स्वाब संकलन गरिएको थियो। तीमध्ये २ जनाको रिर्पोट भने नेगेटिभ आएको छ भने २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। कोरोना रिपोर्ट पोजेटिभ आएका २९ जना सबै बाहिनी भित्रैको आइसोलेसनमा बसेका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap