स्वदेश फर्किए कतारी राजा अल थानी

मुख्य समाचार
0 Shares

अमृतकाजी शर्मा

१२ वैशाख, । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो । थानीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र कतारबिच ८ बुँदे समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबिच भएको वार्तापछि दुई देशका मन्त्रीहरूबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । थानी मङ्गलवार त्रिवि विमानस्थलमा ओर्लँदा उनलाई नेपाली सेनाले विशेष सम्मान अर्पण गरेको थियो । कतारी राजाको भ्रमणले नेपाल र कतारबिचको सम्बन्धमा थप सुदृढ हुने  सहयोग आदान प्रदान बढ्ने विश्वास गरिएको छ ।

राष्ट्रपति पौडेलको औपचारिक निमन्त्रणामा थानी राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका थिए । उनको स्वागतमा पनि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विमानस्थलमा पुगेका थिए ।

उनले सोही दिन राष्ट्रपति पौडेललाई भेटेका थिए । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीसँग भेटवार्ता गरेका थिए ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap