सुसंस्कृत कांग्रेस निर्माण नै हाम्रो ध्येय हो: निवर्तमान केन्द्रीय सदस्य डिल्लीराज रेग्मी

समाचार
118 Shares

बनगाड कुपिण्डे नगरपालिकामा १ सय ५१ जना नेपाली कांग्रेसमा प्रवेश

सल्यान। नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य डिल्लीराज रेग्मीले सुसंस्कृत कांग्रेस निर्माण नै आफ्नो ध्येय रहेको बताएका छ्न। नेपाली कांग्रेस निष्ठाको पर्याय भएकाले संस्कारी कांग्रेस बनाउने जिम्मेवारी पनि हाम्रो काधमा रहेकाले त्यसका लागि निरन्तर लागिरहेको बताए। जतिखेर हामी जेलमा थियौं त्यतिखेर पनि नेपाली कांग्रेस कार्यकर्ताको भावना र विचारले भरिपूर्ण थियो। अब फेरी कांग्रेस सबै नेता कार्यकर्ताको स्वामित्वले भरिपूर्ण बनाउन जरुरी रहेको बताएका छ्न।

बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा नेपाली कांग्रेसद्वारा बुधबार आयोजित कार्यकर्ता भेलाको प्रमुख अतिथिसमेत रहेका रेग्मीले नेपाली कांग्रेस, सल्यानलाई संगठनात्मक क्षमता र उदार चित्त भएको, नेपाली कांग्रेसका आम कार्यकर्तालाई समान ठान्ने नेतृत्व फेरी छनोट गर्ने बेला आएकाले त्यसतर्फ आफ्नो विवेकपूर्ण निर्णय गरी नेपाली कांग्रेसको १४औं महाधिवेशनमा जुट्न आग्रह गरे।

नेकपाको सरकार निर्माण भएदेखि अर्थतन्त्र धरापमा परेको छ। करले जनतालाई थिचेको छ तर नेकपाका नेताहरू काण्डै काण्डमा फसेका छ्न। चरम भ्रष्टाचार भएको छ। हिजो राणाका किल्ला , राजाका किल्ला थिए ती आज इतिहासमा सीमित भएका छन। त्यसैले नेकपाले पनि लाल किल्ला ठान्ने दुस्साहस नगर्न पनि उनले चेतावनी दिए।

कार्यकर्ता भेलाका विशिष्ट अतिथि एवं नेपाली कांग्रेसका नेता पुर्व जिविस सभापति ध्रुवराज पुरीले नेकपाले जनताको गरीबीको फाइदा उठाएर जनताका बीचमा झुटको खेती गरेर सरकारमा गए पनि अहिले जताततै निराशा बढेको बताए। हिजो दलितका नाममा राजनीति गरेका मान्छेहरूबाट नै रुकुम चौरजहारीमा जात कै आधारमा नरसंहार भएको छ। अब नेपाली कांग्रेसलाई सबैको पार्टी बनाउनु पर्ने बेला आएको छ। यसैले होस र जोस दुवैको संयोजन हुनेगरी महाधिवेशन मार्फत नेतृत्व चयन गर्न आम कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रमका अतिथि एवं नेपाली कांग्रेस महासमिति सदस्य एवं प्रदेश सभाका प्रत्यासी एकराज डिसीले कोही पनि व्यक्तिका मान्छे नभई नेपाली कांग्रेसका मान्छे बन्न आग्रह गरे।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवं जिल्ला समन्वय समिति, सल्यानका प्रमुख केशबहादुर बिष्टले सल्यानमा नेपाली कांग्रेसमा प्रवेशको लहर बढेकाले नेपाली कांग्रेसले आउदो निर्वाचनमा विजयको झण्डा फहराउनेमा विश्वस्त रहन आम कार्यकर्तालाई आग्रह गरे।

नेपाली कांग्रेस बनगाड कुपिण्डे नगरपालिकाका संयोजक टोपबहादुर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति निमबहादुर ओली, नेपाली कांग्रेसका नेता एवं शारदा नगरपालिकाका प्रमुख शुरेश अधिकारी, प्रदेश ‘क’ सभापति गोरख केसी, जिल्ला कार्यसमिति सदस्यहरु लोकराज आचार्य, दुर्गाबहादुर खड्का , शिक्षक संघ, सल्यानका अध्यक्ष एकराज बुढाथोकी , नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य युवराज रेग्मी, वडा अध्यक्ष पुरुषोत्तम आचार्य, नेत्र ओली, चक्र परियार, रीता ओली, एकराज ओली,प्रेमनारायण बिक , विजय बस्नेत लगायतले मन्तव्य राखेका थिए।

त्यस्तै नेकपा परित्याग गरी १ सय ५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न। बनगाड कुपिण्डे नगरपालिकाका विभिन्न वडाबाट नेकपाका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन। नवप्रवेशीलाई नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य डिल्लीराज रेग्मी लगायतका नेताहरुले स्वागत गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य भरत गिरीले बताएका छन।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap