सल्यानमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

कर्णाली
12 Shares

सल्यानको छत्रेश्वरी गाउँ पालिका, लान्तीमा मोटरसाइकलमा सवार पूर्ण रेउलेको दुर्घटनामा परी ज्यान गएको छ। लान्तिबाट श्रीनगरतर्फ आउदै गरेको रा ३ प ४६४९ नम्बरको मोटरसाइकलमा पछाडि सवार पूर्ण रेउलेको जिल्ला अस्पताल सल्यानामा उपचारको क्रममा मृत्यु भएको हो।

आज बेलुकी ६ बजेतिर सल्यानको लान्ती बजार नजिक मोटरसाइकल दुर्घटना हुँदा रेउले गम्भीर घाइते भएका थिए। प्रहरीले तत्काल उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्याए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ।

मृतक रेउले दाङको चिराघाटका रहेका र वायरिङको कामको लागि आजै सल्यान आएको बुझिएको प्रहरीले बताएको छ। दाङबाट गाडीमा लान्तिसम्म आएर लान्तिबाट उनी मोटरसाइकलको लिफ्ट लिई श्रीनगरतर्फ आउँदै गर्दा दुर्घटना भएको हो। मोटरसाइकल चालक सल्यान जिल्ला शारदा नगरपालिका वडा नं १३ अन्तरकाडा निवासी १८ वर्षिय सुमन बुढा र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सल्यानले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जनाएका छ्न।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap