सल्यानमा मदिरा सेवन गरी आफ्नै भाइद्वारा दाइको हत्या

कर्णाली मुख्य समाचार
3 Shares

सल्यानमा आफ्नै भाइले दाइको हत्या गरेका छन्।जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका –१० थापाचौरमा मदिरा सेवन गरी  झगडा हुँदा दाउरा प्रहार गरी भाइ देवीलाल पुनले दाइ अमर पुनको हत्या गरेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण वलीका अनुसार २० बर्षिय देवीलाल पुनले आफ्नै २४ बर्षिया दाइ अमर पुनको हत्या गरेको भनेर जानकारी आएको भएपनि प्रहरी घटनास्थल सम्म पुग्न नसकेका कारण आधिकारिक पुष्टी हुन नसकेको बताए।

बिहीबार साँझ भाइले दाइको हत्या गरेर शव गाउँ नजिकैको जंगलको ओढारमा फालेको अबस्थामा शुक्रवार स्थानीयले फेला पारे । घटनाका बारेमा प्रहरी घटना स्थलमा पुगेपछि थप वितरण प्राप्त हुने जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रवक्ता एवं प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap