सल्यानमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। सल्यानको शारदा नगरपालिका १२ कि हाल दाङको तुलसिपुर उपमहानगरपालिका ६बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका २ की ६१ वर्षीया मिना डाँगी, शारदा नगरपालिका ३ की ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ काभ्रा की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिक ४ बस्ने ६० वर्षीया डुलि रेउले छन्।
यसैगरी दुर्घटनामा दाङको बबई गाउँपालिका ६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यानको छत्रेश्वरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओलीको पनि मृत्यु भएको छ। यस्तै दाङ शान्तिनगर गाउँपालिका ८ की ३५ वर्षीया सावित्रा केसी, दाङ कोरवाङकी ५ वर्षीय सुरज ओली, घोराही उपमहानगरपालिका १०कि वर्ष ३६ की रुपा केसी, त्रिवेणी ४ कि वर्ष ९ की सरिता बोहरा रहेका छन् । १० महिला र दुई पुरुषको बस दुर्घटनामा परेर मृत्यु भएको हो ।
आइतबार बिहान ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस दुर्घटनामा भएको थियो। बस सडकबाट २ सय मिटर तल खसेको थियो। सल्यानको दुलधारा पोखराबाट दाङको तुलसीपुरका लागी छुटेको बस बिहान ११ बजेतिर कपुरकोट ४ खारखोला नजिकै दुर्घटनामा परेको हो।
बसमा ४१ जना यात्रु रहेको जिल्ला प्रहरी कार्यालय , सल्यानले जनाएको छ। घाइतेहरूको सल्यानको श्रीनगर र जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ। घाइते मध्ये ८ जनालाई थप उपचारको लागी हेलिकोप्टरबाट बाँकेको कोहलपुर लगिएको छ।