प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संगठनहरुले शनिबार सल्यानमा प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पार्टीका विभिन्न शुभेच्छुक संगठनले खलंगामा मौन जुलुस सहित विरोध सभाको आयोजना गरेका हुन् ।
शुभेच्छुक संस्थाका नेता कार्याकर्ताले नेपाली कांग्रेसको पार्टी कार्यालय देखि पुरानो बसपार्कसम्म सडकमा मुखमा कालो माक्स लगाएर प्ले कार्ड र व्यानरसहित मौन जुलुस प्रदर्शन गरेका थिए । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा संसद विघटनविरुद्ध कांग्रेस विरोध प्रदर्शन उत्रिएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य डिल्लीराज रेग्मी, नेपाली कांग्रेस, सल्यानका सभापति गणेश चन्द, नेपाली कांग्रेसका महासमिति सदस्य एवं पूर्व जिबिस सभापति ध्रुवराज पुरी, नेपाली कांग्रेसबाट प्रदेश सभाका उमेदवार एवं नेपाली कांग्रेसका नेता एकराज डिसी, नेपाली कांग्रेसका महासमिति सदस्य एवं त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगी, नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य एवं शारदा नगरपालिकाका प्रमुख शुरेश अधिकारी, शारदा नगरपालिका उपप्रमुख नेतृ सावित्रा बस्नेत, नेपाल ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशका उपाध्यक्ष अंगेश्वर डाँगी, सचिव निमकान्त रेग्मी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य युवराज रेग्मी, नेपाल शिक्षक संघ, कर्णाली प्रदेशका उपाध्यक्ष रुद्रबहादुर चन्द, नेपाल शिक्षक संघ, सल्यानका अध्यक्ष एकराज बुढाथोकी लगायतको सहभागिता रहेको थियो।