सल्यानमा गुडि रहेको बसको ढोकाबाट खस्दा एक जनाको ज्यान गएको छ। सल्यानको वाफुखोलाबाट दाङ्ग जादै गरेको ना ५ ख १००१ न बसको ढोकाबाट खस्दा सल्यान बागचौर नगरपालिका ११ वाफुखोलाका २१ वर्षीय एकराज खड्काको मृत्यु भएको हो ।
बुधबार बिहान बागचौर नगरपालिका २ खरिबोट नजिकै बसबाट खसी गम्भिर घाइते खड्काको जनप्रिय पोलिक्लिनिक बागचौरमा उपचार हुन नसके पछि सल्यान जिल्ला अस्पताल लगिएको थियो । थप उपचारका लागि सल्यान अस्पताल पुर्याए लगत्तै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।