कालीमाटी गाउँपालिका ४ घुरचौरका ९ वर्षीय निर्मल भण्डारी सोमबार मृत अवस्थामा फेला परेका छन्। उनी शुक्रवार माछा मार्न शारदा खोलामा गएको अवस्थामा बेपत्ता भएको र कालीमाटी गाउँपालिका ५ पैठमा मृत अवस्थामा फेला परेका थिए।
त्यस्तै शारदा नगरपालिका वडा नम्बर १२ को जगंलमा २४ वर्षीय याम बहादुर रावत झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरिले बताएको छ । बर्दिया बाँसगडी घर भएका रावत शारदा नगरपालिका १ पटनेरीमा आफन्तको घरमा बस्दै आएको बताइएको छ।