सल्यानमा जिप दुर्घटना, ८जनाको मृत्यु, १जना घाइते

मुख्य समाचार
0 Shares

सल्यान असोज १२ ।  सल्यानको कपुरकोटमा विहान भएको जिप दुर्घटनामा परि ८ जनाको ज्यान गएको छ । दुर्घटनामा १ जना घाइते भएका छन् । बाँकेको ढकेरीबाट बिहे भोज खाएर  कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिनवांगको लागी छुटेको रा १ ज ५६३ नम्वरको डवल क्याब जिप विहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा जिप चालक कपुरकोट ६ जलबाङका २१ वर्षिय जित बहादुर बोहरा, सोहि ठाउँका ३७ वर्षिय धर्मा वली, ४० वर्षिय टोप बहादुर वली, उनका  छोरा ११ वर्षिय वसन्त वली, सोही ठाउँका ३० वर्षिय सुरेश खत्री, ७० वर्षिय खुमलाल वली, ५५ वर्षिया कुमारी वली र कपुरकोट ५ रिमका ३५ वर्षिय ललित वली रहेका छन्। । उनीहरुलाई पोष्टमार्टमको लागी सल्यान अस्पताल ल्याउने तयारी भैरहेको छ । घाइते कपुरकोट जलबाङकै ३५ वर्षिय तिलक वलीको तुलसीपुरमा उपचार भैरहेको छ ।

अहिले घटनास्थलमा प्रहरी, गाउँपालिका अध्यक्ष दुर्गा पुन, स्वास्थ्यकर्मी लगायतको टोली खटिएको प्रहरीले जनाएकोे छ । जिपमा ८ पुरुष र १ महिला गरी ९ जना सवार रहेको प्रहरीले जनाएको छ । जिप सडकमा अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap