सल्यानमा जंगली च्याउ खाँदा एकको मृत्यु र आठजना घाइते

समाचार
0 Shares

सल्यानमा जंगली च्याउ खाएर एक चार बर्षीया बालिकाको मृत्यु भएको छ । बिभिन्न परिवारका गरि अरु आठजना बिरामी भएका छन् । बिरामीहरुको सुर्खेत र नेपालगंजमा उपचार भइरहेको छ ।

सल्यानको शारदा नगरपालिका वडा नं.४ साइलाकम्द निवासी ४ बर्षीया जोशना बस्नेतको उपचारको क्रममा सर्खेतमा मृत्यु भएको छ । उनी केशर बस्नेतकी छोरी हुन । बस्नेतका छोरा ९ बर्षीय जोन बस्नेतको पनि सुर्खेतमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी सुमित खड्काले  जानकारी दिए ।

जोशनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजेतिर मृत्यु भएको डिएसपी खड्काले बताए । जिल्ला अस्पताल सल्यानमा प्रारम्भिक उपचारपछि बालिकालाई शनिबार बिहान सवा ७ बजेतिर प्रादेशिक अस्पताल खुर्खेतका लागि रिफर गरिएको थियो । शुक्रबार बेलुका जंगलबाट च्याउ घरमा ल्याइ पकाएर खाएका मध्ये सोही ठाउँका ४० बर्षीया मिना बस्नेत, उनकी छोरी २५ बर्षीया पबित्रा बस्नेत, सोही ठाउँका केशर बस्नेतको छोरा ९ बर्षीय जोन बस्नेत बिरामी रहेका छन् ।

जंगली च्याउको तरकारी खाएका उनीहरु बिरामी परेपनि शनिबार बिहान ६ बजेतिर मात्रै जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिएको थियो । जोनको भने सुर्खेतमा उपचार जारी छ । बिरामी मध्ये मिना बस्नेत र पबित्रा बस्नेतलाई थप उपचारका लागि नेपालगंजको लागि रिफर गरिएको छ ।

सल्यानको बनगार कुपिण्डे नगरपालिका वडा नं. ९ जैतपानीमा पनि एकै घर परिवारका चार जना जंगली च्याउ खाँदा बिरामी परेका छन् । स्थानीय ४८ बर्षीया भुपबहादुर वली, उनकी श्रीमती ४५ बर्षीया मनकली वली, छोरा २३ बर्षीय प्रकाश वली, बुहारी २१ बर्षीया सुशिला वली बिरामी भएका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap