सल्यानमा कोरोनाले एकजनाको मृत्यु , श्रीनगर बजार र छत्रेश्वरीको जिथाठान क्षेत्र एक हप्ताका लागि शील

समाचार

सल्यानकाे शारदा नगरपालिकामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। शारदा नगरपालिकाका ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको नगरपालिकाकाे स्वास्थ्य शाखाले जनाएको छ । केही दिनअघिदेखि ज्वरो, रुघाखोकी  लागेपछि उनलाई उपचारका लागि दाङ लगिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दाङबाट उनलाई कोहलपुर रिफर गरिएको परिवारले बताएको छ । कोहलपुर भर्ना गरेको भोलिपल्ट शुक्रबार उनको निधन भएको अस्पतालले जनाएकाे छ ।

निधन भएको एक दिनपछि (शनिबार) उनको रिपोर्ट पोजिटिभ आएको वडाध्यक्ष  नवराज बुढाथोकीले बताए । बुढाथोकीले मृतककाे सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरेका छन्।

सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजार एक साताका लागि बन्द गरिएको छ । कोरोना संक्रमणबाट पहिलोपटक एकजनाको मत्यु भएपछि श्रीनगर बजार एक साताका लागि बन्द गरिएको हो । यस्तै कोरोना संक्रमणका लक्षण मिल्ने बिरामी भएको जानकारी आएपछि  श्रीनगर बजार क्षेत्रमा बन्द गरिएको नगरपालिकाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

आजदेखि कात्तिक २९ सम्म शान्तिनगर, श्रीनगर, शीतलपाटीदेखि बेलघारीसम्म बन्द गरिएको वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए । उनले अत्यावश्यक सामान खरिदका लागि भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ६ बजेदेखि १० बजेसम्म पसल तथा बैंकहरू सञ्चालन गर्न सकिने बताए ।

त्यस्तै छ्त्रेश्वरी गाउँपालिका वडा न ७ को जिताठानमा पनि कोरोना लक्षण सहितका बिरामी देखिए पछि सो क्षेत्र शील गरेको सूचना मार्फत जनाइएको छ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap