सल्यानमा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ११ वर्ष पछि पक्राउ

कर्णाली मुख्य समाचार

असोज २१ ,सल्यानका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ परेका छन। सल्यान जिल्ला साविक कुपिण्डे गा. बि.स. ७ का वर्ष ३६ का हिमबहादुर बोहरालाई फरार रहेको करिब ११ वर्षपछि जिल्ला प्रहरी कार्यलय सल्यानसंँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरेको हो।

२०६६ साल भदौ २७ गते बेलुका ४:०० बजेको समयमा सल्यान जिल्ला साविक कुपिण्डे गाविस वडा नं १ को अमर प्राथमिक विद्यालय, पिपल चौताराको प्राङ्गणमा भलिवल खेल्ने क्रममा विवाद हुँदा साबिक कुपिण्डे-७ बस्ने वर्ष १८ का रामलाल बि. क. लाई पेटमा छुरा प्रहार गरी हिम बहादुर बोहरा फरार भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ। छुरा प्रहारबाट घाइते रामलाल बि. क. को उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

घटनापछि फरार रहेका बोहरा बाँकेका विभिन्न स्थानमा लुकिछिपी बस्दै आइरहेको गोप्य सूचनाका आधारमा फरार रहेको ११ बर्षपछि नेपालगन्ज उपमहानगरपालिका वडा नं १०, बाँकेबाट मंगलबार निजलाई पक्राउ गर्न प्रहरी टोली सफल भएको हो। सम्मानित जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद लिई निजलाई प्रहरी हिरासतमा राखी अनुसन्धान कार्य भैरहेको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक लक्ष्मण ओली बताए।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap