सल्यानको शारदा नगरपालिकामा थप ३३ जनामा कोरोना संक्रमण र श्रीनगर बजारमा १ हप्ताका लागि बन्दाबन्दी थप

कर्णाली मुख्य समाचार स्वास्थ्य
11 Shares

सल्यानको शारदा नगरपालिकामा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ। शारदा नगरपालिकाको स्वास्थ्य शाखाले बिहिवार संकलन गरेको ४६ जनाको स्वाव परीक्षणमा ३३ जनाको रिपोर्ट पोजेटिभ आएको शारदा नगरपालिकाका कोरोना फोकल पर्सन रविन बिष्टले जानकारी दिए।

कोरोना पोजेटिभहरुको सम्पर्कमा रहेका, विभिन्न क्षेत्रको अग्रमोर्चामा कृयाशील र सर्वसाधारणहरुको स्वाव संकलन पछि आज आएको रिपोर्टमा ३३ जनामा कोरोना पोजेटिभ देखिएको फोकल पर्सन विष्टले जानकारी दिएका छ्न। वडा नं १ श्रीनगरका ३० जना, वडा नं ६ का २ जना र वडा नं १४ का १ जनामा कोरोना संक्रमण देखिएको विष्टले बताए।

श्रीनगरमा कोरोना संक्रमण बढेकाले यस अघि गरिएको बन्दाबन्दीलाई थप एक हप्ता बढाउने निर्णय भएको नगरपालिकाले जनाएको छ। श्रीनगर क्षेत्रमा कोरोना संक्रमण बढेपछि बन्दाबन्दी एक साता थपिएको नगरपालिकाले सूचना मार्फत जानकारी गराएको हो। तिहारको मुखमा गर्नुपरेको बन्दाबन्दीले सबैमा पर्न गएको असुबिधाप्रति नगरपालिकाले क्षमा माग्दै स्वास्थ्य मापदण्डको पालना गर्न र बन्दाबन्दीलाई सकारात्मक रुपमा लिइदिनुहुन अनुरोध समेत गरेको छ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap