सल्यानको शारदा नगरपालिका स्वास्थ्य शाखाले आइतवार लिएको ४९ जनाको स्वावमध्ये ४ जना नगरवासीको पिसिआर रिपोर्ट पोजिटिभ देखिएको छ।नगरका विभिन्न क्वारेन्टाइनमा बसेका,अघिल्लो पटक पोजिटिभ देखिएकाको सम्पर्कमा रहेका,स्थानिय बासिन्दा र स्वास्थ्यकर्मीहरुको स्वाव लिदा ४ जनामा कोरोना पोजिटिभ देखिएको नगरका कोरोना फोकल पर्सन रबिन बिस्टले जानकारी दिए।पोजिटिभ देखिएका ४ जना मध्ये १ जना स्वास्थ्यकर्मी छन।
शारदा नगरपालिकाले हालसम्म ७ सय ३३ बढी नगरवासीहरुको स्वाव सङ्कलन गरि प्रयोगशालामा पठाइसकेको छ। तीमध्ये ११ जनामा कोरोना पोजिटिभ देखिएको छ।११ जनामध्ये ६ जना निको भएर घर फर्किसकेको,१ जनाको आइसोलेसनमा उपचार भैरहेको र बांँकी ४ जना नयांँ बिरामी थपिएको नगर स्वास्थ्यले जानकारी दिएको छ।
नगरपालिका भित्र देखिएको संक्रमणबाट त्रसित नहुन र उच्च सतर्कता अपनाउन शारदा नगर पालिकाका प्रमुख शुरेश अधिकारीले सबै नगरवासीमा अपील गरेका छन ।