सल्यानको बाफुखोलामा बाढीले विभिन्न टोलमा घर, बजार र पशु चौपाया बगायो

कर्णाली मुख्य समाचार
54 Shares

सल्यानको बागचौर नगरपालिका वडा नं. १२ बाफुखोलाका विभिन्न टोलमा ठुलो क्षति पुगेको छ। बुधबार रातभरको अविरल वर्षाको कारण आएको बाढीले विभिन्न टोलमा घर, बजार र पशु चौपाया बगाएको हो।

बागचौर नगरपालिका – १२ को ओख्रेनी टोलका सुरवीर ओली, वीरबहादुर डाँगी र गंगाराम डाँगीको घर बगाएको छ। गंगाराम डाँगीका ९ वटा बाख्रा पनि बाढीले बगाएको हो।

यस्तै बगरबजारमा रहेको इन्द्रबहादुर खत्रीको पसल बगाएको छ। बाढीले पसल बगाउँदा ३ लाख ५० हजार बराबरको क्षति भएको छ। बगरबजारमा बाढी पस्ता बजार पुर्णरुपमा क्षति भएको र त्यहाँ अवस्थित दुर्गा माबिको सबै जग्गा बगाएको समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता दिपेन्द्रकुमार खत्रीले बताएका छन।

अधेरे टोलका १२ घरपरिवार बिस्थापित भएर आफ्ना इस्ट्मित्रको घरमा बसेर सुरक्षित रहेको बताइएको छ।

त्यस्तै दोभान बजारमा रहेको पुल थुनिदा दोभान बजार पनि केही समय डुबानमा परेको थियो। बागचौर नगरपालिकाले पठाएको स्काभेटरले थुनिएको पुल हटाए पछि डुवान कम भएको हो। बाढीमा परेका परिवारको उद्दारकार्य नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरुले गरेका थिए। अविरल वर्षाका कारण अझै जोखिम रहेकाले सुरक्षित रहन प्रशासनले अपिल गरेको छ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap