नेपाल तरुण दल, त्रिवेणी गाउँपालिका, सल्यानको अधिवेशन सम्पन्न भएको छ। त्रिवेणी गाउँपालिकाको ढुंगेबजारमा आइतबार सम्पन्न अधिवेशनबाट रहिमदास मियाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन।
नेपाल तरुण दल, सल्यानका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य एवं जिल्ला समन्वय समिति, प्रमुख केशबहादुर बिष्टले मुलुकको जिम्मेवारी लिन तयार हुन सम्पूर्ण तरुणलाई आह्वान गरेका थिए। उक्त कार्यक्रममा नेपाली कांग्रेस, जिल्ला कार्यसमिति सदस्यहरु कमानसिंह डाँगी,सीता केसी, पदमबहादुर बुढाथोकी, महाधिवेशन प्रतिनिधि मित्रलाल सार्की, नेपाली कांग्रेस, त्रिवेणी गाउँपालिका संयोजक मानबहादुर ओली, त्रिवेणी गाउँपालिका उपाध्यक्ष करुणा खडका, नेताहरु घनश्याम बोहरा, मेघराज रोका, मेघराज भण्डारी, सचेत शाह, तरुण दल कार्यवाहक अध्यक्ष सविन हमाल लगायतको उपस्थिति रहेको थियो।
नवगठित कार्यसमितिमा उपाध्यक्ष विष्णुप्रसाद ओली,भरत बोहरा, शालिकराम बोहरा र महेन्द्र पुन निर्वाचित भएका छन। त्यस्तै सचिवमा भरत केसी, सहसचिवमा रामचन्द्र योगी, कोषाध्यक्ष उमा पुन निर्वाचित भएका हुन। सदस्यहरुमा टोपबहादुर खडका,केशव बुढा, पुष्पकमल बिष्ट, प्रेमबहादुर रोका, अमर पुन, सुमन रेग्मी, रमन ओली, सुरेन्द्र खडका, विकास घर्ती, भुपबहादुर रोका, विमल रावत, समिर गिरी, पुर्ण ओली, कर्ण बबाल, मंगल केसी, पुर्णबहादुर शाही र कृष्ण केसी चयन भएका छन।