सल्यानको एक विद्यालयमा ११ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द

समाचार स्वास्थ्य
0 Shares

 विद्यार्थीमा ज्वरो आउने, रुघाखोकी लाग्ने लक्षण देखिन थालेपछि  ९८ विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये ११ विद्यार्थीमा कोरोना भाइरस पोजेटिभ देखिएको विद्यालयका प्रधानाध्यापक गुमानसिहं विष्टले जानकारी दिए। संक्रमित  विद्यार्थीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।               विद्यार्थीमा कोरोना संक्रमण देखिएकाले चलिरहेको विद्यालयको परीक्षा पनि स्थगित गरिएको बताइएको छ। अन्य विद्यार्थीमा संक्रमण हुन नदिन विद्यालय ५ दिनको लागि बन्द गरिएको बिद्यालय प्रशासनले जनाएको छ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap