सर्वदलीय बैठकमा वरिष्ठ नेता पौडेलका १२ प्रश्न

मुख्य समाचार समाचार
8 Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १२ वटा प्रश्नको जवाफ खोजेका छ्न। बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा पौडेल ओलीप्रति कडा रुपमा प्रस्तुत हुँदै तनहुँमा आफूलाई प्रहरीले नियन्त्रणमा लिएपछि बालुवाटार बैठकमा ओलीसँग आफू पक्राउको जवाफ खोजे ।

नेता पौडेलले सडकमा भएको प्रदर्शनतर्फ लक्षित गर्दै सरकारले नैतिक शक्ति गुमाउँदाको उपज भएको बताए । संसद अधिवेशन चाँडै समाप्त गरेर अध्यादेशले देश चलाउन खोजेको पनि आरोप लगाए ।

उनले प्रधानमन्त्री ओलीलाई १२ वटा प्रश्न अघि सार्दै सडकमा देखिएको असन्तुष्टिको कारण राजाकोजस्तै राष्ट्रपतिको तामझाम भएको बताए। पौडेलले प्रधानमन्त्री ओलीले संविधानको मर्म नबुझेको भन्दै आफन्त र आफ्ना मन्त्रीहरुको भ्रष्टाचार काण्डको बचाउ गरेकोमा पनि आलोचना गरे । “मन्त्रीहरुको भ्रष्टाचारको ढाकछोप आफैं अघि सरेर गर्नुभयो । देशमा भ्रष्टाचारको बिगबिगी छ । तर, ठूला भ्रष्टाचार काण्ड चलाउन नसक्ने अवस्थामा अख्तियार पुगेको छ । अदालत पनि प्रभावमा पारिएको जस्तो देखिन्छ,” उनले बैठकमा भने ।

कांग्रेस वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीको भूमिका समन्वयकारी नभएको, संवैधानिक आयोगमा ३९ पद रिक्त राखेको, स्वतन्त्रता विरोधी आम सञ्चार विधेयक ल्याएको र आफूलाई मंसिर १७ गते दमौलीमा किन पक्राउ गराएको भन्दै प्रश्न गरेका थिए । त्यस्तै उनले प्रधानमन्त्री ओलीले भारतलाई चिढ्याएको बताउँदै भने, “अयोध्या माडीमा पर्छ जस्ता कुरा भनेर भारतलाई चिढ्याउन कुरा किन गर्नुभयो ? त्यस्ता कुरालाई थुमथुम्याउन फेरि के कस्तो तहमा ओर्लेर मेहनत गर्नुपर्यो ? त्यसले हाम्रो गरिमा कति बढाउने घटाउने गर्यो ?”

नेता पौडेलले संसद बैठक छिटो बलाउन माग गर्दै संसदबाटै प्रतिगामीहरुको धज्जी उडाउने बताएका थिए ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap