सत्तासझेदारीको टुंगो पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गर्छ: महामन्त्री कोइराला

मुख्य समाचार

                                  नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सत्ता साझेदारीको टुंगो पार्टीको केन्द्रीय समितिको बैठकले लगाााउने बताएका छन। सत्ता साझेदारीको विषयमा सभापति वा अरु पार्टीको कुनै नेता एक्लैले निर्णय गर्न नसक्ने बताएका हुुन।

नवलपरासीमा प्रजातन्त्र सेनानी भूमिश्वर सापकोटाको शोकसभामा बोल्दै महामन्त्री कोइरालाले अहिले कांग्रेसलाई सत्तामा भन्दा प्रतिपक्षमा बस्न जनताले म्याण्डेट दिएको बताउदै सरकार विहिन अवस्थामा मात्र सत्तासाझेदारीका विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने बताए ।

उनले पार्टी केन्द्रीय समितिको बैठक चाँडै बसेर पार्टीमा देखिएका समस्या समाधान गर्ने भन्दै महामन्त्री पूर्णबहादुर खड्कासंग आफु काठमाडौं फर्केर कुरा गरि सहमतिको खाका तयार पार्ने समेत स्पष्ट पारे । महामन्त्री कोइरालाले प्रजातन्त्र सेनानी भूमिश्वर सापकोटाको योगदानको समेत चर्चा गरेका थिए ।

शोकसभामा सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसलाई पूर्नजागरणको आवश्यकता भएको औल्याउदै जनतासंग कांग्रेसलाई जोड्ने पुर्नजागरण आवश्यक रहेको बताए । डा महतले विश्वभर पराजीत भएको कम्युनिष्टहरुले आफ्नो विचार नेपालमा लादेको तर नेपाली कांग्रेसले आफुले गरेका काम आफ्नो विचार जनतामा पुर्याउन नसकेकाले नेपाल कम्युनिष्टहरु सत्तामा पुगेको बताए ।

शोकसभामा कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, संविधानसभा सदस्य महेन्द्रध्वज जीसी, नवलपुरमा सभापति विष्णु लामिछाने, चितवन सभापति जितनारायण श्रेष्ठले प्रजातन्त्र सेनानी सापकोटाको योगदानको चर्चा गरेका थिए ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap