संयम र एकताका साथ आजको परिस्थितिको सामना गर्न देउवाको अपील

मुख्य समाचार समाचार
0 Shares

भदौ ७, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संयम र एकताका साथ आजको परिस्थितिको सामना गर्न अपील गरेका छन। कोरोनाको सामना संयम, एकता र दृढताका साथ गर्न आइतबार एक अपीलमार्फत समस्त नेपालीमा अनुरोध गरेका हुन।

सभापति देउवाले प्रतिकूल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरूले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलका साथ गरिरहेको कार्यलाई प्रशंसा गरेका छन। अत्यावश्यक स्वास्थ्य सामग्रीको प्रयाप्त व्यवस्था गर्न र मनोबैज्ञानिक रूपमा पनि सहज बनाउन विशेष ध्यान पुर्याउन नेपाल सरकारलाई आग्रह गरेका छन। स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नु पर्दा दुख लागेको बताएका छन।

कांग्रेस सभापति देउवाले पीसीआर परीक्षण ७७ जिल्लामै गर्ने गरी अविलम्ब क्षमता बिस्तार गरी समुदायस्तरमा परीक्षण व्यापक रुपले पुर्याउन सरकारलाई अपील गरेका छन। उनले कोभिड अस्पतालहरू निश्चित र व्यवस्थित गर्न, प्रयाप्त आइसोलेसन वार्ड व्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटरको जोहो गर्न माग गरेका छन। खरिद प्रक्रियालाई पारदर्शी र मापदण्डयुक्त सामग्री खरिद गर्न सरकारलाई आग्रह गरेका छन।

त्यस्तै विदेशमा अप्ठ्यारोमा परेर देश फर्कन चाहने नेपालीलाई उद्दार गर्न नेपाली कांग्रेसले सुरुदेखि नै आग्रह गरेको स्मरण गराउँदै नीति र व्यवहार दुवैमा देखाएको ढिलासुस्ती र अन्यौलताले प्रवासीलाई पीडा भएको भन्दै कल्याणकोषको रकम प्रयोग गरेर निशुल्क उद्दार गर्न देउवाले सरकारसँग माग गरेका छन।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap