शैक्षिक सत्र खेर जान नदिनका लागि मन्त्रालयद्वारा पाठ्यवस्तु समायोजन ढाँचा २०७७ स्वीकृत

मुख्य समाचार शिक्षा समाचार
2 Shares

यस बर्षको शैक्षिक सत्र खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यवस्तु समायोजन ढाँचा २०७७ स्वीकृत गरेको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका अनुसार शैक्षिक सत्र खेर जान नदिने गरी पाठ्यवस्तु संश्लेषण गरी ढाँचा स्वीकृत गरिएको हो।

यो शैक्षिक सत्रको करिब पाँच महिना सकिएका बेला बाँकी रहेका महिनामा सिकाइ निरन्तरता दिन र चैतमा शैक्षिक सत्र सकिने गरी पाठ्यवस्तु संश्लेषण गरिएको हो। विद्यार्थीलाई अनलाइन, घर नै शिक्षालयजस्ता वैकल्पिक विधिबाट सिकाइ निरन्तरता दिने र परीक्षासमेत गरिने मन्त्री पोखरेलको भनाइ छ। उक्त पाठ्यवस्तु ढाँचा स्वीकृत गरेकोबारे मन्त्री पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।

पाठ्यवस्तु समायोजन ढाँचामा उल्लेख भएअनुसार मंसिर र चैतमा विद्यार्थीको परीक्षा हुनेछ। कोरोना महामारी रहिरहेमा घरघरमै प्रश्नपत्र पठाएर भए पनि परीक्षा लिन सकिने विकल्प समेटिएको छ। विद्यार्थीले पढ्नुपर्ने पाठ्यपुस्तकका विषयवस्तुलाई छोट्याएर कम भार पर्ने गरी ढाँचा सार्वजनिक गरिएको हो।

जसलाई पाठ्यक्रम समायोजन गरिएको भनिएको छ। विद्यालयले घरलाई शिक्षालय, रेडियो पाठशाला, टेलिभिजन शिक्षामा, भर्चुअल माध्यमका लागि सिकाइ सहजीकरण र मूल्यांकन योजना बनाउन सक्ने गरी विद्यालयमा प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञको समिति रहने व्यवस्था गरिएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap