शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यमा समस्या आएपछि शनिबार पाटन अस्पतालमा भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षणका क्रममा आइतबार कोरोना पोजेटिभ देखिएको हो ।
पाटन अस्पतालमै उपचाररत पोखरेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्तपाल स्रोतले बताएको छ । शनिबार पर्यटनमन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण देखिएको थियो ।