शारदा नगरपालिकाका वडा अध्यक्षको घरमा आएको पहिरो पन्छ्याउदै

कर्णाली मुख्य समाचार समाचार

भाद्र ३, सल्यान । सल्यान सदरमुकाममा खलंगामा अविरल वर्षाका कारण गएराती आएकाे पहिराेले वडाध्यक्षकाे घर भत्किएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीयहरुले घरमा आएको पहिरो पन्छ्याएका छन। सल्यान सदरमुकामको खलंगा डिएसपी राेड विद्युत प्राधिकरणकाे कार्यालय नजिकै शारदा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामसिंह बुढाथाेकीकाे घरमा पहिराेले क्षति पुर्याएकाे थियो।

राति करिव १ बजे सडक छेउबाट झरेकाे पहिराेले बुढाथाेकीकाे घरकाे माथिल्लाे भागका पछाडी थपिएका नयाँ काेठा पुर्णरुपमा भत्किएका छन् ।त्यो रात माथिल्लो भागका कोठामा कोहि नसुतेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। पहिरोको कारण बिधुतका पोल पनि जोखिमका रहेकाले पोल पनि अन्यत्र सार्नु पर्ने भएको छ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap