शान्ति समाज, दाङद्वारा अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्ग मैत्री समाज निर्माण बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न

समाचार
0 Shares

अमृत काजी शर्मा
दाङ, १७ मंसिर
मानव अधिकार तथा शान्ति समाज दाङले अन्तर्राष्ट्रिय अपाङ्ग दिवस अन्तरकृया कार्यक्रम गरी मनाएको छ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले ३१ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस माध्यमिक विद्यालय, कालाखोला दाङमा रहेको तुलसीपुर अपाङ्गता अध्ययन केन्द्रमा रहेका अपाङ्गता भएका ब्यक्तिहरु सँग मनाएको हो । दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राम बहादुर जि.सीले अध्ययन केन्द्रमा अध्ययनरत अपाङ्गता भएका बिद्यार्थीहरुलाई आफुले सक्दो सहयोग गरी रहेको तथा त्यति सहयोगले नपुग्ने र एनिओ आइएनजिओको सहयोग भन्दा पनि आफुले तुलसीपुर उपमहानगरपालिका सँग निरन्तर सहयोगका लागि सहकार्य गरी रहेको बताउनु भयो । यसै गरी मानव अधिकार तथा शान्ति समाजका पूर्व उपसभापति एवम अधिबक्ता मोहन धितालले नयाँ कामको थालनी गर्नु भएकोमा खुसी ब्यक्त गर्नु भयो। अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सँगसँगै लिएर बिकास गर्नु पर्नेमा जोड दिनु भएको थियो।  नेपाल अहिले संघीय ब्यवस्थामा रहेकाले सवै अधिकारहरु संघीय सरकारमा नरहेको र केही अधिकार स्थानीय सरकारमा रहेको हुदा स्थानीय सरकारले पनि सहयोग गर्नु पर्ने बताउनु भयो । अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि सँगसँगै लिएर बिकास गर्न सकियो भने समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । यसै गरी शान्ति समाज दाङ शाखाका संस्थापक सभापति एवम बरिष्ठ अधिबक्ता डिल्लीराज धितालले एनजिओ आइएनजिओको सहयोगले मात्रै अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार पुरा नहुने बताउनु भयो साङ्ग नेपाली नागरिकले पाउने अधिकार बरावर र संबिधानले दिएको अधिकार पनि पाउनु पर्नेमा जोड दिनु भयो। राज्य  नै जिम्मेवार भएन भने डोनरहरुको सहयोगले मात्रै कति दिनसम्म पुग्छ भनेर चिन्ता ब्यक्त गर्नुभयो । राज्यले लिने करवाट अन्य विकास कटौती गरेर भए पनि अपाङ्गता भएका ब्यक्तिहरुका लागि अस्पताल र अपाङ्ग मैत्री भौतिक संरचना बनाउन आग्रह गर्नुभयो । उक्त कार्यक्रममा अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाँगी, नेत्रहिन दाङकी अनिता थापा, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भरत चौधरी, बिद्यालयका प्रधानाध्यापक राजिव ओझा, समाजका सल्लाहकार तुल्सीराम सुनार, अध्ययन केन्द्रका यज्ञ बि.क. लगाएतले बोल्नु भएको थियो भने शाखा सभापति नवीन पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य शान्ति समाज दाङका कार्य समिति सदस्य एवम अधिबक्ता मधुसुदन गौतमले गर्नु भएको थियो भने सहजीकरण मानव अधिकार तथा शान्ति समाज दाङका सचिव अमृत प्रसाद शर्माले गर्नु भएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap