नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले शाखामा आवद्ध साधारण सदस्य तथा जिल्लामा क्रियाशील ५४ जना पत्रकारहरुको दुर्घटना बिमा गरेको छ । जोखिमपूर्ण अवस्थामा पनि समाचार संकलनमा खटिने पत्रकारहरुको जिम्मेवारीलाई ख्याल गर्दै दुर्घटना बिमा गरिएको हो । यस कार्यले पत्रकारितामा नयाँको आकर्षण र क्रियाशीलहरुलाई पेशागत दिगोपनामा सघाउ पुग्ने विश्वास गरिएको छ । महासंघले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय रुकुममा ५४ जना पत्रकारहरुको ५४ लाख बराबरको बिमा गरेको हो ।
यस कार्यका लागि महासंघलाई सहयोग गर्ने मुसिकोट नगरपालिका परिवारलाई बैठकबाट धन्यवाद ज्ञापन गरिएको छ।