राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा आज फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ। ठकुरी सहयोग संजाल, सल्यानको आयोजनामा जिल्ला अस्पताल, खलंगा सल्यानमा विरामीहरुलाई फलफूल वितरण कार्यक्रम सम्पन्न भएको हो।
ठकुरी सहयोग संजाल सल्यानका अध्यक्ष अभिषेक हमालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रकाश बाबु चन्द र विशिष्ट अतिथिमा ठकुरी सहयोग संजाल दाङका सचिव पुष्प चन्द रहेका थिए। त्यस्तै ठकुरी सहयोग संजाल सल्यानका सल्लाहकार सचेत शाह, सन्तोष शाह, सविन हमाल लगाएतको उपस्तिथि रहेको थियो।
जिल्ला अस्पताल सल्यानमा भर्ना भएका सुत्केरी, विरामी लगायत स्वास्थ्यकर्मी गरी ६० जनाभन्दा बढीलाई फलफूल वितरण गरिएको जनाइएको छ।