राजिनामा दुइ चार दिनलाई टर्यो, कार्यदल बन्छ: माधवकुमार नेपाल

मुख्य समाचार
0 Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले सो कुरा बताएका हुन। वरिष्ठ नेता नेपालका अनुसार फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने सकारात्मक सोचेर कुराकानीलाई जारी राख्ने र मिल्ने दिशामा अगाडि बढ्ने कुरा भयो ।’

 

नेपाल पक्षले दिउँसो चार बजेसम्मको ‘डेडलाइन’ दिएर २ जेठ २०७५ मै फर्कने निर्णय गरेको थियो । त्यस लगतै संचार व्यवसायी रामेश्वर थापाको बुढानीलकण्ठस्थित घरमा ओली र नेपाल छलफलमा जुटेका थिए।

नेता नेपालले पार्टीलाई सर्वोच्च अदालतको २३ फागुनको निर्णयपछि कुनै न कुनै रुपमा २ जेठ २०७५ मा फर्काउन कार्यदलमा छलफल हुने बताए। ‘मैले प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भयो,’ उनले भने, ‘ फागुन २८ को निर्णय फिर्ता गर्ने र जेठ २ को अवस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमतिनजिक पुगेका छौँ। यसका लागि कार्यदल बन्छ।’

एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरुबीच पनि कार्यदल बनाएर कुनै न कुनै रुपमा जेठ २ को सेरोफेरोमा पुग्न छलफल हुने सहमति भएको छ । ओली र नेपाल पनि आज त्यसमा सहमत भएका हुन्।

यो सहमतिपछि तत्कालका लागि नेपाल पक्षको राजीनामा रोकिएको छ।  नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षीको बहुमतको सरकार बनाउने प्रयास असफल हुने देखिएको छ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap