राजधानीमा युवती माथि एसिड प्रहार

वागमती समाचार
0 Shares

राजधानीको सीतापाइलामा एक युवतीमाथि बिहीबार राती एसिड प्रहार भएको छ। ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीलाई एसिड प्रहार भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

राती पौने ९ वजेको समयमा दही किन्न निस्किएकी उनलाई अज्ञात व्यक्तिले एसिड प्रहार गरी फरार भएका थिए। कार्कीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

युवतीको अनुहारमा एसिड लागेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। एसिड प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap