म.प. विश्वविद्यालय पारदर्शी र भ्रष्टाचारमुक्त बनाइने उपकुलपतिको भनाइ

कर्णाली मुख्य समाचार शिक्षा समाचार
11 Shares

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले राष्ट्रको अपरिहार्यता अनुसारको अत्याधुनिक पारदर्शी र भ्रष्टाचारमुक्त विश्वविद्यालय बनाउने बताएका छन। कर्णालीका जनताले विश्वविद्यालयबाट ठुलो अपेक्षा गरेको भन्दै उदाहरणीय विश्वविद्यालय निर्माण गर्ने बताए।

जनताको सपना पुरा गर्न आफू दत्तचित्त भएर लागेको बताउदै विश्वविद्यालय सुधार अभियानको सुरुवात गरेको बताए।

कार्यकारी परिषदले गरेका ९२ वटा निर्णय सार्वजनिक गर्दै उपकुलपति सिंहले विश्वविद्यालयलाई वायोमेडिकल बैज्ञानिक र प्रविधियुक्त तथा कृषि सम्बन्धी विषयलाई शैक्षिक हवको रुपमा विकसित गर्ने निर्णय भएको जानकारी दिए।

सिंहले विश्वविद्यालयलाई २१ औं शताब्दीको पारदर्शीपूर्ण र भ्रष्टाचारमुक्त विश्वविद्यालय बनाउनका लागि आवश्यक तयारी सुरु गरिएको बताए। उनले विश्वविद्यालयलाई भौतिक पुर्वाधारको क्षेत्रमा नेपाल कै अत्याधुनिक र प्रविधियुक्त विश्वविद्यालय बनाउन भौतिक पुर्वाधार निर्माणको लागि वृहत गुरुयोजना बनाएको बताए। त्यसका लागि विश्वविद्यालयका ९ वटा आंगिक क्याम्पसलाई ५० लाखको दरले र मुगुको क्याम्पसलाई २५ लाख भौतिक सुधारका लागि प्रदान गर्ने निर्णय गरेको छ।

बुधबार विरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गर्दै अनावश्यक ओभरटाइमबाट हुने व्ययभार घटाउन विश्वविद्यालयका सबै पदाधिकारीले अनिवार्य पढाउनु पर्ने निर्णय गरिएको जनाइएको छ।

 

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap