म प्रधानमन्त्रीको दौडमा छैन: सभापति देउवा

मुख्य समाचार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्‍ने दौडमा नरहेको बताएका छन् । बूढानिलकण्ठस्थित आफ्नै निवासमा शनिबार कांग्रेसका युवा नेता नैनसिंह महरद्वारा लिखित पुस्तक महाकाण्डको विमोचन कार्यक्रममा सञ्‍चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन् ।

उनले भने, म अहिले प्रधानमन्त्रीको दौडमा छैन । प्रधानमन्त्री बन्‍न चाहेको पनि छैन । हाम्रो म्यान्डेड विपक्षमा बस्‍ने हो । कांग्रेसलाई जनताले पाँच वर्ष विपक्षमा बस्‍न म्यान्डेड दिएको उल्लेख गर्दै उनले थपे, विपक्षी दलको नेता वैटिङ प्राइम मिनिस्टर हो  तर म त्यसमा पनि छैन । मलाई प्रधानमन्त्री बन्‍ने लोभ-लालच छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नयाँ सरकार गठनको कसरत सुरु भइरहेका समयमा कांग्रेस सभापति शेरबहादुर देउवाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap