मुलुकलाई निरकुंशतामा धकेल्न संसद भंग गरिएको पुष्टि भयो: वरिष्ठ नेता पौडेल

मुख्य समाचार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजानका लागि प्रतिनिधी सभा विघटन गरेको एकपछि अर्को गर्दै पुष्टी हुँदै गएको बताएका छन् ्। नेपाली कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३ गतेको प्रदर्शनमा सहभागि हुनका लागि आम नागरिकलाई भिडियो आपिल गर्दै पौडेलले सरकारका पछिल्ला काम कारवाहीले मुलुकलाई निरकुंशता तर्फ धकेल्ने निहित उद्देश्यका साथ संसद भंग भएको पुष्टी हुँदै गएको बताएका छन् । उनले सरकार एकपछि अर्को गर्दै निरकुशंता तर्फ पाइला चाल्दै छ । सरकारले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुशंतामा बाटोमा धकेल्नका लागि संसद भंग गर्नु सामान्य विषय नभएको भन्दै मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्नका लागि आम लोकतन्त्रवादीहरुले ससक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको बताएका छन् । पौडेलले भिडियो अपिलमा सम्पुर्ण लोकतन्त्रवादी नागरिकलाई नेपाली कांग्रेसले आयोजना गरेको फागुन ३ गते ७७ वटै जिल्लामा हुने विरोधसभामा सहभागि हुन आह्वान गरेका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap