मार्के, कालीमाटी घुइयाबारी हुँदै कोहलपुर जोड्ने पक्की सडक शिलान्यास

कर्णाली
0 Shares

मार्के, कालिमाटी घुइयावारी हुँदै कोहलपुर जोड्ने पक्की सडकको सोमबार शिलान्यास भएको छ। सडक शारदा नगरपालिका ९ को चल्लेखोरमा शिलान्यास भएको हो।संसद बिकास कोषको ३१ करोड ६० लाख बजेटमा सडक पक्की हुन लागेको हो ।

शिलान्यास कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय टेक बहादुर बस्नेत,शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी,
जिल्ला समन्वय समितिका उप प्रमुख असविर बुढाथाेकी, कालीमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर खत्री, शारदा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लक्षमण बुढाथोकी, ९ का वडा अध्यक्ष हिमेन्द्रबहादुर बुढाथोकी लगायत स्थानीय वासिन्दाको उपस्थिति रहेको थियो ।

वडा नम्बर ८ को मार्के लाई जिरो प्वाइन्ट बनाइ १० मिटर चौडा र लम्बाइ ११ किलोमिटर पक्की बन्न लागेको बताइएको छ। सडकको निर्माण पिके निर्माण सेवा घोराहीले गर्न लागेको हो ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap