मानव अधिकार तथा शान्ति समाज, सल्यानको नयाँ नेतृत्व चयन भएको छ । आज सल्यानको खलंगामा भएको जिल्ला शाखाको २३औं साधारणसभाले विमला कुमारी डाँगीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । उपसभापतिमा दलबहादुर खडका, सचिवमा अंगेश्वर डाँगी, सहसचिवमा कमला केसी र कोषाध्यक्षमा भक्तबहादुर चन्द चयन भएका छन।
त्यस्तै सदस्यमा दिल्ली प्रसाद जैसी,जयशीला गिरी,चक्रे दमाई,निर्मला योगी,टेकम प्रसाद अधिकारी, खिम बहादुर कवर,
मुना हमाल, राम बहादुर खडका, नर बहादुर बिश्वकर्मा र सुधा आचार्य रहेका छन। शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भन्डारीको प्रमुख आतिथ्यमा र केन्द्रीय प्रतिनिधि सुशील बस्नेतको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व विष्णु शर्माले गरेकी थिइन।