अमृतकाजी शर्मा ,
जेठ १२, दाङ
मानवअधिकार तथा शान्ति समाज जिल्ला कार्यसमिति दाङले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दाेषीहरूमाथि कारबाही सुनिश्चित गर्न आग्रह सहित जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैधमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र पठाएका छन ।
मानवअधिकार तथा शान्ति समाज दाङका का.वा सभापति कोमल डि.सी. ,केन्द्रीय सचिब निर्मल नेपाली केन्द्रिय सदस्य तुल्सिराम सुनार ,मानवअधिकार तथा शान्ति समाज दाङका सचिब अमृत प्रसाद शर्मा, सह सचिव माधब बस्नेत, सदस्य निर्मला पोख्रेल लगायत जिल्ला कार्यसमिति दाङका पदाधिकारीहरूले ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापनपत्रमा लेखिएको छ :
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू,
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबार काठमाण्डौं नेपाल ।
मार्फत
जिल्ला प्रशासन कार्यालय, दाङ
बिषय: नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीमाथी कारवाही सुनिस्चित गर्न आग्रह ।
सम्माननीय प्रधानमन्त्री ज्यू,
नक्कली भुटानी शरणार्थी प्रकरण सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि विभिन्न चलखेल सम्मका सम्पूर्ण फेहरिस्तहरूकाे सूक्ष्म अध्ययन / अनुसन्धान गरी दाेषीहरू प्रमुख दलका शीर्ष नेताहरू सहित जाे काेही हुन कानुनसम्मत कारबाही सुनिश्चित गर्न,सुशासनको प्रत्याभुति, आर्थिक पार्दशिता र जवाफदेहीता सुनिश्चित गर्न र मानव अधिकार मैत्री ऐन बनाई संक्रमणकालिन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन मानव अधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति दाङका तर्फबाट आग्रह गर्दछौं ।
कार्यबहाक सभापति कोमल डि.सी.