नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दिपेन्द्रकुमार खत्रीले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा एवं यही साउन २६ र २७ गतेका लागि तय गरिएको निर्वाचन स्थगित गरेर गलत प्रवृत्तिको सुरुवात गरेको बताएका छ्न।
काठमाडौ बाहिरका साथीहरूलाई बैठकमा सहभागी हुन आइपुग्न समय पनि नदिएर अकस्मात बैठक गरी साधारण सभा र निर्वाचन स्थगन गरेर अबैधानिक निर्णय गरेको प्रति खत्रीले आपत्ति जनाए।
यति ठुलो निर्णय गर्दा कार्यसमितिमा छलफल गरी गर्नुपर्ने र त्यसका लागि चन्द्रपसाद ढकाल र किशोर प्रधानको समुहसित छलफल गरी समस्या सुल्झाउन आग्रह गरेका छन।
नेपाल मुनसित खत्रीले भने- कुनैपनि संस्था बिधि र बिधानबाट चलेन भने संस्थाको औचित्य नै रहदैन। अहिलेको यो घटनाले संस्थाको मनोबल खसेको छ। आम व्यवसायीहरु निराश भएका छ्न। यसैले सबैको समझदारीमा अगि बढ्न नेतृत्वसित आग्रह गरे।