महाधिवेशन तयारीका लागि असोज १९ गते कांग्रेस केन्द्रीय समितिको बैठक बोलाइयो

मुख्य समाचार समाचार
2 Shares

महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न कांग्रेसले असोज १९ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । “पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैठक अघि पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना परीक्षण गरिने भएको छ । केन्द्रीय कार्यालयले कोरोना परीक्षणका लागि असोज १५ गते बिहान ११ बजेबाट ३ बजेसम्म सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र कर्मचारीहरुलाई अनिवार्य उपस्थित हुन आग्रह गरेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap