मन्त्रीपरिषद पुनर्गठन, अर्थमन्त्रीमा विष्णु पौडेल

मुख्य समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।उनले रिक्त रहेका तीन वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त गरेका हुन् । उनले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका छन् ।

दुई मन्त्रीको जिम्मेवारी पनि उनले हेरफेर गरेका छन् । अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लिलानाथ श्रेष्ठलाई नियुक्त गरिएका छन् । त्यस्तै सञ्चारमन्त्रीमा पार्वत गुरूङ नियुक्त भएका छन् ।

तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap