मनाङको बाढी पहिरो प्रभावितलाई तत्काल उद्धार गर्न मुख्यमन्त्री नेपालीको निर्देशन

गण्डकी समाचार
0 Shares

 गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मनाङमा भएको बाढी पहिराे प्रभावित परिवारलाई तत्काल उद्दार तथा आवश्यक सहयोग गर्न सुरक्षा प्रशासनलाई निर्देशन दिएका छन। मुख्यमन्त्री नेपालीले मनाङका प्रमुख जिल्ला अधिकारीसँग  टेलिफोन संवाद गरी मानवीय तथा धनजनकाे क्षति न्युनीकरणकालागि कुनै कमी नगर्न निर्देशन दिएका छन। बाढी प्रकाेप लयायत कुनै पनि विपदबाट नागरिककाे जीवन रक्षा गर्ने प्रदेश सरकारकाे पहिलाे प्राथमिकता रहेकाे जानकारी दिदैँ उनले आवश्यक परे थप सहयोग गर्ने बताए। मुख्यमन्त्री नेपालीले प्रदेश भरिका सम्पुर्ण सुरक्षा प्रशासन र सरोकारवालाहरुलाई विशेष सुरक्षा सतर्कता अपनाउन र विपद न्यूनीकरणमा लाग्न समेत आग्रह गरेका छन। सोमबारदेखि लगातार परेको झरीले मनाङ्गकाे चामे र नासो गाउँपालिकाका दर्जनौं घरहरु डुवानमा परेको र पहिराेले वगाएकाे स्थानीय प्रशासनले जानकारी दिएकाे छ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap