नेपाली कांग्रेसका मनकारी युवा नेता भुपेन्द्रजंग शाहीले कालिकोटका बाढी पीडितहरुका लागि व्यक्तिगत रुपमा पाँच लाख बराबरको राहत सामग्री प्रदान गर्ने बताएका छन्।कालिकोटका विभिन्न स्थानमा बाढी-पहिरोमा परेर ३५ जनाको ज्यान गइसकेको अवस्था छ। नेपाल तरुणदलका महासचिवसमेत रहेका शाहीले सोमबार सामािजक सञ्जाल मार्फत उक्त सहयोग गर्ने जानकारी गराएका छन्।
उनले लेखेका छन्, ‘यो वर्षको बाढिपहिरोले कालिकोटमा निकै नै बढि मानवीय तथा धनजनको क्षती भएको छ। ३५ जनाको दुःखद मृत्यु भएको छ। पाँच सय घर भत्किएका छन्। एक हजारभन्दा बढि परिवार पूर्ण रुपमा विस्थापित भएका छन्। त्यस्तै हजारौं नागरिकलाई बाढी-पहिरोले प्रताडित र प्रभावित बनाएको छ। यस विपदको घडीमा राज्य र सरकारको अभिभावकिय भूमिका हुन पर्नेमा सरकार आफ्नो जिम्मेवारिबाट चुकेको छ।’
उनले यस्तो प्राकृतिक बिपतको घडीमा मैले सरकारको आलोचना गर्नेभन्दा पनि दुई पटक सांसदको पराजित उम्म्मेद्वार भएको नाताले मेरो पनि केहि कर्तव्य हुन्छ भन्ने मैले ठानेको छु। यहि कर्तव्य र मानवीयताको नाताले साथीहरुको सहयोग तथा मेरो तर्फबाट पाँच लाख बराबरको नगद तथा आवश्यकीय सामग्री बाढी पीडितलाई सहयोग गर्ने बताए।