मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन होइन : रामचन्द्र पौडेल

मुख्य समाचार
0 Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिर ४ गते हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन् । तनहुँको दमौलीमा मनोनयन दर्ता गराउन अगाडि आयोजित सभालाई छोटो सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले अगामी निर्वाचन प्रतिगामी अधिनायकवादलाइ रोकेर देशलाई अग्रमगनलाई लैजाने अभियान भएको बताए । उनले भने, ‘यो निर्वाचन सामान्य निर्वाचन होइन । प्रतिगामी अधिनायकवादलाइ रोकेर देशलाई अग्रमगनलाई लैजाने कि देशलाई फेरी प्रतिगामी र अधिनायवादी बाटोमा होम्ने भन्ने जनमत संग्रह पनि हो ।’ पौडेलले आफुहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लगेको बताउदै भ्रष्टचार विकृति विसंगतिलाई हटाएर आम नागरिकमा आसा संचार दिन आफुहरुले चाहेको बताए ।
पौडेलले मुलुकमा यति ठूलो परिवर्तन र यति धेरै अधिकार प्राप्त संविधान पाउदा पनि नेपाली किन संतुष्ट हुन सकिरहेका छैनन भन्ने उत्तरको खोजीमा आफु रहेको बताए । उनले भने, ‘जनता संतुष्ट हुन नसक्नुको एउटै कारण भनेको भ्रष्टचार विकृति हो । म त्यो भ्रष्टचारको उन्मुलन गरेर जनतामा आशा जगाउने छु । म यही प्रण गरेको छु ।’
पौडेलले गाँउमा सवै विकासका पूर्वाधार बनाउदा पनि गाँउमा नै बस्ने वातावरण अझै बन्न नसकेको बताए । उनले भने, ‘२०४८ साल मैबलको विचारी चौतारामा उभिएर बोलेको थिए । विकासलाई गाँउ गाँउमा पु¥याएर गाँउमा नै बसौ बसौ बनाउन चाहान्छौ भनेका थिए । तर विकासले मात्र गाँउमा मन फर्काउन नसकिने रहेछ । गाँउ बसौ बसौ बनाउनका लागि आम्दानी र रोजगारी गाँउमा नै पु¥याउन आवश्क रहेछ ।’

Leave a Reply

Share via
Copy link
Powered by Social Snap