भारतीय सेना प्रमुख १९ गते नेपाल आउने

मुख्य समाचार

भारतीय सेना प्रमुख जनरल मनोज मकुन्द नरवणे कात्तिक १९ गते नेपाल भ्रमणमा आउने तय भएको छ ।प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख नरवणे कात्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकोछ।

निर्देशनालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतीय सेना प्रमुखको नेपाल भ्रमण तय भएको जानकारी दिएको हो।

विज्ञप्तिमा भनिएको छ, “मिति २०७७/०७/१९ गते बाट २०७७/०७/२१ गते (तदानुसार ४ देखि ६ नोभेम्बर) सम्म हुने तिन दिवसिय भ्रमणका दौरान जनरल नरवणेले सैनिक मञ्चको विर स्मारकमा श्रद्दाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी महारथी पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।”

भारतीय सेना प्रमुख जनरल नरवणेलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको महारथी दर्जा प्रदान गर्ने समेत जनाइएको छ । भारतीय सेना प्रमुखले प्रधानमन्त्री तथा रक्षामन्त्रीसँगसमेत औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap