प्रशासकीय अधिकृत रेग्मीले असहाय बालबालिकालाई सहयोग गरि मनाए जन्मदिन

समाचार

प्युठानको सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले आफ्नो जन्मदिन असहाय बालबालिकालाई सहयोग गरी मनाएका छ्न। रेग्मीले तुलसीपुर उपमहानरपालिका वडा नम्बर १८ मा रहेको असहाय बालविकास केन्द्र, नेपालका १७ जना बालबालिकालाई शैक्षिक सामग्री र पोशाक वितरण गरी मनाएका हुन। तुलसीपुर-६ गोलौरा दाङ स्थायी घर भएका अधिकृत रेग्मीले जन्मदिनमा गरिने फजुल खर्च कटौती गरी ३० हजार बराबरको सहयोग हस्तान्तरण गरेका थिए।

आफ्नो सानो सहयोगले बालबालिकाको अनुहारमा खुशी ल्याउन सक्छ भने मैले जन्मदिनमा फजुल खर्च किन गर्ने ? बरु जन्मदिनमा हुने खर्च मानवीय सेवामा गर्छु भनेर असहाय बालबालिकालाई सहयोग गरेको रेग्मीले वताए। उनले भने- मानवीय सेवा नै सर्वोत्तम धर्म हो।

आर्थिक रुपमा विपन्न अवोध बालबालिकालाई सहयोग गर्ने अवसर पाएकोमा आत्मसन्तुष्टि भएको बताउदै रेग्मीले भने – ‘जब मानिस सानो सहयोगले खुशी हुन्छन् तब उनीहरु संसारकै सुख प्राप्त भएको अनुभूति गर्दछ्न् र मानिसहरुलाई खुशी बनाउन पाउदा मलाई पनि आत्मसन्तुष्टि मिल्ने भएकोले यसरी जन्मदिन मनाउने गरेको छु ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap