प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत पाएका छन्। आज संसदमा केहीबेरअघिको मतदानमा उनले विश्वासको मत पाएका हुन्। उनलाई आफ्नै दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, एमाले माधवकुमार नेपाल समुह, एमाले केपी समूहका तथा जनमोर्चाका सांसदले मत दिए । पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खस्यो।
उनले विश्वासको मत पाउन १३६ मत आवश्यक थियो। देउवाले विश्वासको मत पाएसँगै अब डेढ वर्षको अवधि सरकार चलाउँदै आगामी निर्वाचनसम्म सरकारको नेतृत्व गर्नेछन्।
प्रधानमन्त्री देउवालाई नेकपा एमालेका २२ जना सांसदहरुले फ्लोर क्रस गर्दै मत दिएका हुन्।
देउवालाई मत दिने एमाले सांसदहरु
माधवकुमार नेपाल
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
भवानी खापुङ
मुकुन्द न्यौपाने
पार्वती विशुंखे
हिराचन्द्र केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
लक्ष्मी चौधरी
निरादेवी जैरु
रामकुमारी झाँक्री
कलिला खातुन
सविना हुसेन
कृष्णलाल महर्जन