असोज २२ नेपाली कांग्रेसका युवा नेता गगन थापाले बेहोस भएमात्र अस्पताल जाउ भन्ने विज्ञ नभएको बताएका छ्न।प्रधानमन्त्री केेेपी शर्मा ओलीलाई बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ नभएको र वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्न आग्रह गरेका छन।
नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीकै अकर्मण्यताका कारण देशमा कोरोना महामारीको भयावह अवस्था आएको र देशमा अहिले सिर्जना भएको अवस्था आउन नदिन पूर्वतयारीका लागि पटकपटक सरकारलाई आग्रह गरेको स्मरण गर्दै उनले प्रधानमन्त्री ओलीकै कारण अहिलेको अवस्था सिर्जना भएको दाबी गरेका हुन् ।
“यो अवस्था आउन नदिन पूर्व तयारी गरौं, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई पटकपटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन,” नेता थापाले बिहीबार समाजिक सञ्जालमा लेखेका छन्, “समय, स्रोत, सहयोग सबै थियो तर तपाईँको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौं । टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौं ।”
नेता थापाले प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डलको भागबण्डा छाडेर संकटका बारेमा छलफल गर्न सुझाबसमेत दिएका छन् । देशमा दिनानुदिन कोरोनाको महामारी बढ्दै जाँदा पनि प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नपरेको उनको आरोप छ ।“योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन । अहिले मन्त्रिमण्डल भागबण्डाबारे होइन, संकटबारे छलफल गर्नुस।” कोभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहन्छौं तर केही त गर्नुस् प्रमज्यू !”