सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गर्न लगाएको बताएका छन। नेकपाको बैठकमा गम्भीर बिषयमा छलफल चलिरहेका बेलामा प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गर्न लगाए पछि पार्टी संकटमा रहेको बताए ।
कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले शुक्रवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले दल दर्ता गर्न लगाएको र अहिले पार्टी संकटमा रहेको बताएका हुन।
‘पार्टी अहिले संकटमा छ। मैले ठिकठाक छ भनेँ भने त्यो सत्य हुदैन।’ नेकपाको बैठकमा गम्भीर बिषयमा छलफल चलिरहेको बेलामा अस्तित्वविहीन नेकपा एमाले नामक दल दर्ताका लागि आयोगमा निवेदन परेको दावी गरे।
नेकपा बैठक चलिरहेको बेलामा प्रधानमन्त्रीको गृह जिल्ला झापाकी सन्ध्या तिवारीले नेकपा एमाले नामक दल निर्वाचन आयोगमा दर्ता गर्न निवेदन दिएकी थिइन।