नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाएर जान प्रस्ताव गरेको खुलासा गरेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको बिबाद उत्कर्षमा पुगिरहेका बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको खुलासा गरेका हुुन।
शनिबार आफ्नै निवास खुमलटारमा बहुमत सचिवालय सदस्यको भेलामा अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन्। खुमलटारको भेलामा सचिवालका ९ सदस्यमध्ये बरिष्ठ नेता माधब नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा गरी ६ सदस्य सहभागी थिए।
भेलामा दाहालले प्रधानमन्त्रीले अलगअलग जाऊँ भन्न थाल्नुभएको उल्लेख गर्दै पार्टी र स्थायी कमिटी बैठकको निर्णय मान्दिनँ भनेर प्रष्टै भनेको जानकारी गराएको खुमलटार स्रोतले बतायो।
खुमलटारको भेलामा सहभागी नेताहरुले भने पार्टी कुनै पनि हालतमा फुट्न दिन नहुनेमा जोड दिदैं पार्टीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई बाध्य बनाउनु पर्ने बताएका थिए